भिडियो सहित हेर्नुहोस !
Advertisement
पहिरोको आवाज आउने वित्तिकै बेनी कालिपुलबासीले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा खवर गरेपछि पुगेको प्रहरीको टोलीले घाईते अवस्थामा अंकितालाई उद्धार गरेर उपचारका लागि पोखरा लैजादै गरेको अवस्थामा बाटोमा मृत्यु भएको थियो । ‘मृतक बालिका बाहिर निस्किएका कारण अरू जोगिए । सबै बाहिर निस्किएको भए ठुलो मानवीय क्षती हुनेथियो’पर्वत प्रहरी चौकी प्रमुख एवम् प्रहरी सहायक निरिक्षक धुव्र बहादुर बोहोराले भने ।
उनले गम्भीर घाईते अवस्थामा उद्धार गरी तत्कालै पोखरा पठाउँदा बाटोमा मृत्यु भएको खवर आएको बताउँदै बालिकाको सतर्कताले परिवारका अन्य सदस्यको ज्यान जोखिएको बताए । गत बैशाख १ गते कमन बहादुर तामाङ्गबाट फुलमायाँ थापामगरले उद्योग खरिद गरेकी थिईन् ।उद्योग खरिद गरेपछि फुलमायाँ र उनकी बहिनी सविनाको परिवार समेत म्याग्दी आएका थिए । मृतक अंकिता फुलमायाँकी कान्छी छोरी हुन्
बेनीबजारस्थित लिटल गार्डेन एकेडेमीका कक्षा ४ मा अध्ययरत अंकिता विद्यालयकै नमुना विद्यार्थी समेत हुन्। शिक्षासंगै अतिरिक्त गतिविधिमा समेत सहभागिता जनाउने गरेकी अंकितको निधनले विद्यालयलाई अपुरणीय क्षती पुगेको विद्यालयका संस्थापक बालकृष्ण सुबेदीले बेनीअनलाइनलाई बताए ।‘एउटा असल विद्यार्थीलाई दैबको आँखा लाग्यो । फरक परिवेशबाट आएपनि उनको सक्रियताबाट उत्साहित थियौ’सुबेदीले भने ।
प्राथमिक तहमा अंकिताको सक्रियताले धेरै विद्यार्थीले सिक्ने अवसर समेत पाएको सुबेदीको भनाई छ । पहिरोमा परेर अंकिताका आफन्त देउराली गाविस– २ की १२ बर्षिया सृष्टि घले, १२ बर्षका अजय तामाङ, ३२ बर्षिया फुलमायाँ तामाङ, २८ बर्षिया सविना घले,३ बर्षका विजय घले,नुवाकोट विदुर–१० का प्रेम तामाङ ३५ बर्षिय सुवास थापा,त्रिशुली ढोरेनी नगरपालिका–१० की १६ बर्षिया सुस्मिता तामाङ घाईते भएका थिए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment