National

But the light of spreading obscenity saying and demanding application of digital halfway kalincoka

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, २२ साउन । हिन्दू धर्मावलम्बी महिलाहरुको महान् पर्व तीजलाई बद्नाम गर्ने उद्देश्यले एक भिडियो सहितको गीत बजारमा आए पछि हिन्दू जागरण नेपालले गम्भिर ध्यान आर्कषण जनाउदैँ जिल्ला प्रशासन कार्यलय काठमाण्डौमा उजुरी दिइएको छ । ज्योति मगर र कालिञ्चोक डिजिटल नेपाललाई कारबाहिको माग गर्दै जिल्ला प्रशासनमा हिन्दू जागरण नेपालले निवेदन दिएको हो । jyoti-magar1हरितालिका तीज पर्वको सन्दर्भलाई लिएर खाने दरमा रक्सि, ह्विस्कि, वाइन खाएर, भोड्का खाएर, जिन्सको पाईन्ट लगाएर तीज मनाउनु पर्छ या मनाईन्छ भन्ने सन्देशमूलक गीत बजारमा ल्याई अश्लिलताको पराकाष्टा नाघी सामान्य रुपमा परिवारसँग बसेर सुन्न र हेर्न नसक्ने गरी विकृति फैलाई कलाकार जस्तो मान्छेले आफूलाई प्रतिष्ठित वा आकर्षक बनाउन अर्धनग्न शरीर देखाएर कस्तो संस्कृति भित्र्याउन खोजेको हो ? के करोडौ नेपालीले मनाउने तीज पर्वको यहि हाम्रो संस्कृति हो ?

के यस्ता गीत रिकर्डिंग गरेर बजारमा ल्याउने स्टुडियोको दायित्व हो रु यदि हैन भने समयमै यिनीहरुलाई चेतावनी या कारवाही नगरिएमा समाजमा जसले जे गर्दा पनि हुन्छ भन्ने मानसिकताको विकास हुनेछ भन्ने हिन्दू जागरण नेपालको ठहर छ । त्यसैले कानुन बमोजिम ज्योति मगर र कालिञ्चोक डिजिटल नेपाल नामक स्टुडियोलाई चेतावनी सहित उक्त गैरकानुनी कार्य रोकी हामी, हाम्रो संस्कार र हाम्रो संस्कृतिको जगेर्ना गराउनका लागि कानुन बमोजम कारबाही गराई पाउँ भन्ने अनुरोध गर्दछु बिज्ञप्तीमा भनिएको छ । पवित्र पर्वको संस्कार र संस्कृतिको संरक्षण गर्नु नेपालको विविधतालाई माया गर्ने हामी सवैको समान दायित्व हुन जान्छ । तर विदेशी संस्कार र संस्कृतिको प्रभावमा परेर पवित्र तीज पर्वलाई लिएर केही विकृतिहरुपनि समाजमा भित्रिएका कारण सरकारको तर्फबाट पनि विकृति विसंगतिका विभिन्न स्वरुप भित्र्याउने कार्यलाई रोक्न सूचना सम्प्रेषण गरी धेरै हदसम्म रोक्ने प्रयास गरेको देखिन्छ ।

यो राम्रो कार्य हो र यसलाई हामी स्वागत गर्दछौं । संबैधानिक रुपमा प्राप्त नैसर्गिक, मौलिक अधिकारको प्रयोग गरी व्यक्तिगतरुपमा जो जसले जे गरे पनि कोही कसैले कुनै पहल कदमी गर्न मिल्दैन तर सार्वजनिकरुपमा, त्यो पनि समाजको ऐना भनिने कलाकार जस्तो मान्छेले सामाजिक विखण्डन र विकृति विसंगति भित्र्याउन मद्दत पुग्ने गरी अराजक परिवेशको परिकल्पना गर्न तथा संस्कृतिको मात्रै नभएर नेपाली महिलाहरुले शुद्ध सात्विकरुपले मनाउने हिन्दू धर्मावलम्बी महिलाहरुको महान् पर्व तीजमा पूर्वरात्री दर खाने दिनमा शुद्ध सात्विक आहार सेवन गरि भोलीपल्ट दिनभरि निराहार व्रत वसी भगवान शिवको भजन कीर्तन नाचगान गरेर सामाजिक सद्भाव फैलाउँदै आफ्नो सौभाग्यको प्रतीक जीवनसाथी श्रीमानको दीर्घायु सु–स्वास्थ्य र पारिवारिक समुन्नतिको लागि प्रार्थना र त्याग गर्ने पर्व धार्मिक, सामाजिक र सांस्कृतिक पर्व हरितालिका तीज पर्व हो भन्ने सर्वविदितै छ । बिज्ञप्तीमा उल्लेख छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
Share on Google Plus

About Hya

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment